24/10/2026
अन्तर्राष्ट्रिय मञ्चमा नेपालको गौरव: ‘मिस वेलनेस वर्ल्ड–२०२६’ को मुख्य ताज सान्वी मण्डललाई
जनकपुरधाम। धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१८, भोइलकी सान्वी मण्डलले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘Miss Wellness World–2026’ को मुख्य ताज जित्दै नेपाललाई विश्वस्तरमा चिनाएकी छन्।
सान्वीको यस सफलताले जनकपुरधामसहित समग्र मधेस प्रदेश र नेपालकै गौरव बढाएको छ। अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो प्रतिभा र क्षमता प्रस्तुत गर्दै उनले नेपाली युवतीहरूको आत्मविश्वास, प्रतिभा र सम्भावनालाई विश्वसामु उजागर गरेकी छन्।
सान्वीको यो उपलब्धिलाई नेपाली सौन्दर्य क्षेत्रका लागि महत्वपूर्ण सफलताका रूपमा लिइएको छ। उनको ऐतिहासिक सफलताले आगामी पुस्ताका युवतीहरूलाई आफ्नो सपना पूरा गर्न थप प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।
मिस वेलनेस वर्ल्ड–२०२६ को मुख्य ताज जित्न सफल सान्वी मण्डललाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना!
सान्वीको सफलताले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा थप चिनाउन सकोस्। 🇳🇵