23/11/2025
“Kumud Entertainment Pvt. Ltd.” को बहुप्रतिक्षित फिल्म “कुमुदे हिँड्यो हिरो बन्न”अब आफ्नै अन्तिम चरणतर्फ अग्रसर हुँदै डबिङ प्रक्रियामा प्रवेश गरेको छ। कथालाई अझ जीवन्त, संवादलाई अझ प्रभावशाली र पात्रहरूलाई अझ शक्तिशाली बनाउन हाम्रो सम्पूर्ण कलाकार तथा प्राविधिक टोली पूर्ण समर्पणका साथ डबिङमा जुटिरहेको जानकारी दिन पाउँदा हामी अत्यन्तै उत्साहित छौँ। यससँगै फिल्म रिलिज नजिकिँदैछ, र दर्शकसमक्ष एक सशक्त, भावनात्मक र प्रेरणादायी सिनेमाटिक अनुभव ल्याउन हामी प्रतिबद्ध छौँ।
Kumud Entertainment Pvt. Ltd. ले गर्वका साथ आफ्नो बहुप्रतिक्षित फिल्म “कुमुदे हिँड्यो हिरो बन्न” का सम्पूर्ण कलाकार र प्राविधिक टीमलाई भव्य रूपमा घोषणा गर्दछ। यो फिल्म सपना, संघर्ष र सफलताको कथा लिएर आउँदैछ—र यसलाई प्रतिभाशाली र अनुभवी टिमले जीवन दिँदैछन्।
जानकी पन्त जून, पहिलो डेब्यु निर्देशन/कथा/पटकथा मा उहाँको निर्देशन शैलीमा नयाँ विचार, आधुनिक दृष्टि, भावनात्मक गहिराइ र सिनेमाप्रति अत्यन्त समर्पण कारण फिल्ममा ताजगी, मौलिकता र हृदय छुने प्रभाव थपिंदैछ। वहा नेपाली सिनेमामा उदाउँदै गरेको नयाँ महिला निर्देशकको स्वरूपमा एक प्रेरणादायी उपस्थितिको रूपमा स्थापित हुँदैहुनुहुन्छ।
⭐ रबि गिरी, यस चलचित्रका अभिभावक, वास्तविक मेरुदण्ड, बहुआयामी, गहिरो अभिनय, दमदार उपस्थिति र सदाबहार व्यक्तित्वका धनी, Legendary Versatile & Dynamic Actor रबि गिरीको सहभागिताले यस फिल्मलाई भावनात्मक, कलात्मक र कथात्मक रूपमा अद्वितीय मजबुती प्रदान गर्दछ। रबि गिरीको योगदान बिना यो फिल्म आजको शक्तिशाली रूप लिन सम्भव नै हुने थिएन।
⭐ कुमुद पन्त', यस चलचित्रका प्रमुख नायक — 'एक नयाँ अनुहार। एक नयाँ यात्रा। सपना बोकेर हिँड्ने एक उत्साही युवाको रूपमा कुमुद पन्तको सशक्त डेब्यु। “सपना देख्नेले मात्रै होइन, हिँड्नेले पनि इतिहास लेख्छ।”अब कुमुदे हिँडिसकेका छन्—हिरो बन्न! जसकै प्रेरणादायी जीबन कथामा यो चलचित्र आधारित छ।
⭐ रिचा थापा, सुन्दर र बहु–प्रतिभाशाली—नायिका रिचाको सौन्दर्य, अभिनय क्षमता र भावप्रद जादूले पर्दामा नयाँ चमक ल्याउनेछ।
⭐ रवीना परियार, Bold & Beautiful Actress — ग्ल्यामर, आत्मविश्वास र प्रस्तुतिको आकर्षणसहित फिल्ममा नयाँ जीवन्तता थप्दै।
⭐ दिनेश कुँवर, कल्पनाशील र बहुआयामी कलाकार — मोडलिङ, निर्देशन, उत्पादन—सबै क्षेत्रमा अनुभवी यो प्रतिभाशाली व्यक्तित्वले परियोजनामा नयाँ दृष्टिकोण र रचनात्मक शक्ति भर्नेछन्।
⭐ शंकर राज पहाडी, सचिन भुसाल, रबिन बराइली, अनुभवी र शक्तिशाली अन्य कलाकारहरूको दमदार प्रस्तुति
⭐निशा मगर पुन, सरस्वती बी.क. सुश्मिता मल्ल, लक्ष्मी गोतामे पहिलो डेब्यु Ladies कलाकारहरू
⭐ प्रयुष दत्त सुवेदी, काव्यरस रिजाल, युनिश घिमिरे, उनिका खत्री, सन्दीप शर्मा, बाल कलाकारहरू: यिनीहरूको उत्साह, प्रतिभा र ऊर्जा फिल्ममा ताजा चमक थप्छ।
⭐किरण दाहाल, एशियाकै पहिलो महिला Fight Director —
साहस, विशेषज्ञता र ऐतिहासिक उपलब्धिको प्रतीक किरण दाहालले फिल्मको एक्शनलाई नयाँ उचाइ पुर्याउनेछिन्।
⭐ सियोन श्रेष्ठ, प्रतिभाशाली कोरियोग्राफर — सर्जनशीलता, आधुनिकता र दमदार नृत्य निर्देशनसहित संगीत र नृत्य दृश्यलाई उत्कृष्ट रूप दिनेछन्।
⭐ सन्देश शाह, अनुभवी सम्पादक — कथा, भाव र दृश्य संयोजनमा पारंगत सन्देश शाहको सम्पादनले फिल्मलाई प्रभावशाली बनाउनेछ।
⭐ आर.जे. प्रणप सुबेदी, Production Manager —
पत्रकारिता, सञ्चार, भिजेइङ र सह–निर्देशनको अनुभवले परियोजनामा अनुशासन, ऊर्जा र व्यवस्थापनको नयाँ स्तर ल्याउँछ।
⭐ चक्रबहादुर बराल (बासु) Cinematographer —
उहाको कलात्मक दृष्टि र क्यामेराको संवेदनशीलता यस फिल्मको दृश्यात्मक आत्मा बन्नेछ।
⭐ विष्णु शर्मा आचार्य, निर्माता — दूरदर्शी सोच, नेतृत्व र अनुभवी मार्गदर्शनसहित परियोजना उत्कृष्टताको दिशामा अघि बढ्दैछ।
⭐ सगुन तामाङ, Chief Assistant Director —
अनुभव, नेतृत्व क्षमतासहित निर्माण प्रक्रियालाई सहज र व्यवस्थित बनाउँदै। सर्जनशीलता, समर्पण र आधुनिक दृष्टिकोणसहित कथा निर्माणमा जोडिरहेका युवा प्रतिभा उहाँको कुशलता महत्वपूर्ण छ।
⭐ उत्तम प्रसाद अधिकारी — Associate Director
दुई दशकदेखि नेपाली चलचित्र क्षेत्रमा निरन्तर सक्रिय, प्रतिबद्ध र अनुभवी व्यक्तित्व। हाम्रो चलचित्रमा उहाँलाई Associate Director रूपमा पाएकोमा हामी गर्वित छौँ।
⭐ आरुष मगर, 3rd Assistant Director,
सर्जनशीलता, समर्पण र आधुनिक दृष्टिकोणसहित कथा निर्माणमा जोडिरहेका युवा प्रतिभा उहाँहरुकोको कुशलता महत्वपूर्ण छ।
⭐ Makeup/Hair Artist — बीना पाण्डे, And ड्रेस —बिनिता दहाल। कलाकार पात्रहरूलाई जीवन्त बनाउन उहाँहरुकोको कुशलता महत्वपूर्ण हुनेछ।
⭐अन्य सहायक समर्पित कलाकारहरू:
भोला सुबेदी, भोला योगी, ओमप्रकाश योगी, केशव खड्का, पिताम्बर रिजाल, जोगबहादुर चौधरी, बसन्त भट्ट, अञ्जु रेग्मी न्यौपाने, विष्णु न्यौपाने, मनोज रासाइली, दीप राजबंशी, बालु नेपाली, प्रीतम लन्जा, मिनबहादुर चौधरी, लोकराज पराजुली, अजय रेग्मी, रामु सिंह, रोजन रोका, प्रकाश पौडेल, रितु महरा, रिता आचार्य, अमन आचार्य, अंकित GM, खड्क शर्मा पौडेल, रिदम श्रेष्ठ, राजेस नेपाली—सबैले आफ्नो योगदानले फिल्मलाई जीवन्त ऊर्जा प्रदान गर्दै जिबन्त अभिनय गर्नुभएको छ।
यो फिल्म एक प्रोजेक्ट मात्र होइन—एक सपना, एक आन्दोलन र नेपाली सिनेमाको नयाँ सुरुवात हो। सशक्त कलाकार, अनुभवी प्राविधिक र अनुशासित उत्पादन टोलीका साथ “कुमुदे हिँड्यो हिरो बन्न” नेपाली चलचित्र उद्योगमा नयाँ मापदण्ड स्थापित गर्ने दिशामा छ। #कुमुदेहिड्योहिरोबन्न