23/04/2026
‘कोटी कोटी प्रणाम’ नामक नयाँ नेपाली चलचित्रको औपचारिक घोषणा गरिएको छ।
निर्देशक लक्ष्मण सुवेदी ले चलचित्रको टाइटल पोस्टर सार्वजनिक गर्दै नयाँ प्रोजेक्टको जानकारी दिएका हुन्। नाम र पोस्टर हेर्दा धार्मिक कथावस्तुमा आधारित जस्तो देखिए पनि निर्देशकका अनुसार यो चलचित्र पूर्ण रूपमा सामाजिक विषयवस्तुमा केन्द्रित रहनेछ।
दिलासा क्रियसनको ब्यानरमा निर्माण हुने यस चलचित्रमा लेखन, गीत तथा निर्देशन स्वयं लक्ष्मण सुवेदीकै रहनेछ। चलचित्रको छायांकन कर्णाली प्रदेशको सुर्खेतमा आगामी भदौको पहिलो साताबाट सुरु गरिने तयारी छ।
चलचित्रका कलाकार तथा प्राविधिक टोलीको छनोट प्रक्रिया जारी रहेको निर्देशकले बताएका छन्। नयाँ र अनुभवी कलाकारहरूको सन्तुलित संयोजन रहने अपेक्षा गरिएको छ।
यसअघि ‘सतीदेवी’ चलचित्रमार्फत सकारात्मक प्रतिक्रिया पाएका निर्देशक सुवेदीको यो नयाँ चलचित्रप्रति दर्शकमाझ उत्साह बढ्दो छ।