हत्कडी समाचार .कम

हत्कडी समाचार .कम HATKADI.SAMACHAR .COM
(253)

॥ श्री ॥विज्ञान र वेदको सङ्गम : मृत्यु तपाइको अन्त्य होइन, रूपान्तरण हो [ Death is not an End, but a Transformation] [पद...
06/27/2026

॥ श्री ॥
विज्ञान र वेदको सङ्गम : मृत्यु तपाइको अन्त्य होइन, रूपान्तरण हो
[ Death is not an End, but a Transformation]
[पदार्थ, ऊर्जा, सूचना, चेतना र आत्मा कुनै पनि चिज कहिल्यै मेटिँदैन। मर्दैन।]

मेरा प्रिय मित्रहरू,

युगौँ युग देखि मानिसले लास जलाउने घाटको छेउमा उभिएर एउटै प्रश्न सोध्दै आएको छ। “हामी मर्दा के हुन्छ?” हामीले मृत्युलाई नै आधार मानेर सम्पूर्ण सभ्यता (civilization), विश्वास (belief systems) र डरहरू बनायौँ। तर देखिने कुरा सधैँ सत्य हुँदैन। एउटा बलिरहेको काठलाई हेर । ज्वाला निभ्छ, खरानी (ash) बाँकी रहन्छ, र मनले भन्छ, “गयो।” तर विज्ञान (science) भन्छ त्यहाँ एउटा परमाणु (atom) पनि लोप भएको छैन। सबैले रूप बदले, केही गायब भएन।

यही सरल तथ्यले हामीलाई एउटा गहिरो प्रश्नमा पुर्‍याउँछ। यदि प्रकृतिमा कुनै पनि वस्तु साँच्चै गायब हुँदैन भने, हामीले मानव जीवन किन गायब हुन्छ भनेर मान्यौँ? आधुनिक भौतिकी (modern physics) ले तीन कुरालाई अटल मान्छ। पदार्थ (matter), ऊर्जा (energy) र सूचना (information) । जसमध्ये कुनै पनि न सिर्जना गर्न सकिन्छ, न नष्ट। अनि अचम्म के भने, हाम्रा ऋषिहरूले यी तीनै सत्यलाई हजारौँ वर्ष अगाडि वैदिक ऋचाहरूमा गाएका रहेछन्।

आज मैले यी तीन सत्यलाई तीन प्रवचनमा, त्यो बारेमा बोल्ने वैदिक ऋचा र विज्ञान दुबैलाई समातेर समातेर तीन प्रवचन लिखित रूपमा तपाइलाई सुनाउने निश्चय लिएको छु। अबको तिन प्रवचनको लागि म संग रहनु होस्। कुनै प्रश्न भए सोध्न अप्ठ्यारो नमान्नु होला। जाने उत्तर दिने छु। नजाने थाहा छैन भन्ने छु।

प्रवचन १
शरीर हराउँदैन: यो त ब्रह्माण्डमा फैलिन्छ
[पदार्थ संरक्षण: Conservation of Matter]

मेरा प्रिय मित्रहरू,

एकपटक फेरि त्यो बलिरहेको काठलाई सम्झौँ। ज्वाला निभ्यो, खरानी (ash) बाँकी रह्यो, र मनले भन्यो “गयो, सबै सकियो।” तर विज्ञान (science) मुस्कुराउँछ। किनभने त्यो काठको एउटा परमाणु (atom) पनि मरेको छैन। कार्बन (carbon) धुवाँ (smoke) भएर आकाश चढ्यो, केही खरानी भएर माटोमा मिल्यो, र भोलि त्यही माटोबाट कुनै बोट उम्रनेछ। काठ गएन। काठले रूप बदल्यो।

अब आफ्नै शरीर (body) तिर हेर। हामी सोच्छौं ! मान्छे मर्दा माटोमा मिल्छ र हराउँछ। तर हाम्रा पुर्खाहरूले हजारौं वर्ष अगाडि नै यो रहस्य देखेका थिए। उनीहरूले मृत्युलाई आँखा चिम्लेर होइन, आँखा खोलेर हेरे — र त्यसमा अन्त्य (end) होइन, यात्रा (journey) देखे। ऋग्वेद (Rigveda) को अन्त्येष्टि सूक्त (funeral hymn) को एउटा ऋचाले मृत्युलाई जसरी वर्णन गर्छ, आधुनिक भौतिकीले पनि त्योभन्दा सुन्दर ढङ्गले भन्न सक्दैन :

सूर्यं चक्षुर्गच्छतु वातमात्मा
द्यां च गच्छ पृथिवीं च धर्मणा ।
अपो वा गच्छ यदि तत्र ते हितम्
ओषधीषु प्रति तिष्ठा शरीरैः ॥
— ऋग्वेद १०।१६।३

अर्थ (meaning): “तिम्रो आँखा (चक्षु) सूर्य (sun) मा गएर मिलोस्। तिम्रो प्राण / श्वास (आत्मा, यहाँ प्राणवायुको अर्थमा) वायु (wind) मा फर्कियोस्। धर्म अर्थात् प्रकृतिको नियम (law of nature) अनुसार तिमी आकाश (द्यौ) र पृथ्वी (earth) तिर जाऊ। यदि तिम्रो हितमा छ भने जल (waters) मा मिल। र तिम्रा शारीरिक अंशहरू ओषधि अर्थात् वनस्पति (plants/herbs) मा गएर स्थापित होऊन्।”

मित्रहरू,

यो ऋचा सुन्दा रौँ ठाडा हुन्छन्। कुनै प्रयोगशाला (laboratory) बिना, कुनै सूक्ष्मदर्शक (microscope) बिना, ऋषिले ठ्याक्कै त्यही भने जुन आज विज्ञानले समीकरण (equations) मार्फत भन्छ।

आँखा सूर्यमा? विज्ञान भन्छ, शरीरको हरेक कण प्राचीन ताराहरू (ancient stars) मा बनेको हो। आँखाको फलाम (iron), हड्डीको क्याल्सियम (calcium) सबै कुनै तारामा पाकेका थिए।

श्वास वायुमा? तिम्रो अन्तिम सास हावामा फैलिन्छ । र कुनै दिन त्यही अणु (molecule) कुनै बच्चाको पहिलो सासमा प्रवेश गर्छ।

शरीर वनस्पतिमा? माटोमा मिलेको देहबाट बोट उम्रन्छ । फूल फुल्छ, फल लाग्छ।

ध्यान देऊ!

ऋषिले “मर्‍यो” भनेनन्। ऋषिले भने “गच्छ”, अर्थात् “जाऊ”। मृत्यु अन्त्य होइन, गन्तव्य (destination) हो। तिमी सकिँदैनौ । तिमी छरिन्छौ। सूर्यमा, वायुमा, जलमा, वनस्पतिमा। तिमी समग्र ब्रह्माण्ड (universe) बन्छौ।

त्यसैले अर्को पटक चितामा आगो दन्किँदा सम्झ ! त्यो विनाश (destruction) होइन। त्यो त ब्रह्माण्डले आफ्नो सन्तानलाई फेरि आफूभित्र समेट्ने पवित्र क्षण हो। पदार्थ (matter) कहिल्यै मर्दैन । यो त घर फर्किन्छ।

06/27/2026

सवारी चलाउँदा फोन प्रयोग गरेर चलाएमा रु १०,००० जरिवाना हुने नयाँ नियम प्रस्ताव भएको छ।

काठमाडौँमा पूर्वप्रधानमन्त्री तथा नेकपाका सह–संयोजक माधव कुमार नेपाल संलग्न भ्रष्टाचार मुद्दामा विशेष अदालतले तत्कालीन म...
06/26/2026

काठमाडौँमा पूर्वप्रधानमन्त्री तथा नेकपाका सह–संयोजक माधव कुमार नेपाल संलग्न भ्रष्टाचार मुद्दामा विशेष अदालतले तत्कालीन मन्त्रिपरिषद्का सदस्यहरूलाई बकपत्रका लागि झिकाउने आदेश दिएको छ।

न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले डा. मीनेन्द्र रिजालसहित आठ जना पूर्वमन्त्रीलाई अदालतमा उपस्थित हुन निर्देशन दिएको हो।

आदेशअनुसार मृगेन्द्रसिंह यादव, रकम चेम्जोङ, उमाकान्त चौधरी, महेन्द्रप्रसाद यादव लगायतलाई बकपत्रका लागि बोलाइएको छ। साथै अख्तियारमा बयान दिएका पदमराज भट्ट र जगन्नाथ पन्तलाई पनि उपस्थित हुन भनिएको छ।

पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ जेठ २२ गते नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।

अख्तियारले नेपालमाथि १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गर्दै पदको दुरुपयोग गरी सरकारी सम्पत्ति हस्तान्तरण गराएको आरोप लगाएको छ।

ऐतिहासिक महाधिवेशनबाट निर्वाचित सम्पूर्ण पदाधिकारीहरूलाई हार्दिक बधाई ! अनि सफल कार्यकालको शुभकामना । जनताको विश्वास सधै...
06/26/2026

ऐतिहासिक महाधिवेशनबाट निर्वाचित सम्पूर्ण पदाधिकारीहरूलाई हार्दिक बधाई ! अनि सफल कार्यकालको शुभकामना । जनताको विश्वास सधैं केन्द्रमा रहोस् । राजनीतिमा नयाँ संस्कारले अझ मजबुत रूप लिओस् । समर्पण, इमानदारी र सेवाभावले प्रत्येक कदम निर्देशित गरोस् । परिवर्तनका सपना जनताको जीवनमा उज्यालो बनेर फैलिऊन् ।
हार्दिक शुभेच्छा ! 🙏🇳🇵🔔

06/26/2026

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

06/26/2026

Rastriya Swatantra Party - RSP को ऐतिहासिक पहिलो महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरुज्युहरु
सभापति :- रबि लामिछाने
वरिष्ठ नेता :- बालेन्द्र शाह
उपसभापति :- स्वर्णिम वाग्ले
उपसभापति :- सोबिता गौतम
महामन्त्री :- बिपिन कुमार आचार्य
सह महामन्त्री :-हरि ढकाल
सह महामन्त्री :-असिम शाह
सहमहामन्त्री महिला:- निशा डाङ्गी
सम्पुर्णमा बधाई तथा सफल कार्यकालको शुभकामना!

साथै मलाई केन्द्रिय सदस्यमा निर्वाचित गराउनुहुने सम्पुर्ण महाधिवेसन प्रतिनिधि ज्युहरुलाई पनि हार्दिक धन्यवाद! 🙏💙

रास्वपा महामन्त्रीमा विपिन आचार्य निर्वाचित
06/26/2026

रास्वपा महामन्त्रीमा विपिन आचार्य निर्वाचित

Rishi Dhamala says, ऋषि धमला मन्त्री, प्रधानमन्त्री पदको लागि पछि लाग्ने मान्छे होइन । मलाई धेरै पटक गिरिजाप्रसाद कोइराल...
06/26/2026

Rishi Dhamala says,
ऋषि धमला मन्त्री, प्रधानमन्त्री पदको लागि पछि लाग्ने मान्छे होइन । मलाई धेरै पटक गिरिजाप्रसाद कोइरालाले बोलाएर.... सोध्नुस, उहाँ स्वर्गमा हुनुहुन्छ । मैले मन्त्री पद धेरै पटक त्यागेको मान्छे । प्रस्ताव आउँदा यही जेन्जी आ'न्दोलन पछि...सुशीला कार्कीले, प्रधानमन्त्रीले सोध्नुस न । मलाई सञ्चार मन्त्रीको लागि जेन्जीहरुले सिफारिस गरेको । मैले खान्न, मलाई चाहिदैन, म मन्त्री बन्दिन, म जनताको सेवक बन्छु...मलाई अहिले पदको लागि राजनीति गर्नु छैन । म जनताको इमानदार सेवक बन्न चाहन्छु, जनप्रिय बन्न चाहन्छु ।

06/26/2026

एमालेसंग तत्काल सहकार्य हुन्छ ।~ प्रचण्ड

सर्वाधिक मतसहित विजयी हुनुभएकोमा अर्थमन्त्री  आदरणीय स्वर्णिम वाग्ले ज्यूलाई हार्दिक बधाई। योग्य, अध्ययनशील र विवेकी नेत...
06/26/2026

सर्वाधिक मतसहित विजयी हुनुभएकोमा अर्थमन्त्री आदरणीय स्वर्णिम वाग्ले ज्यूलाई हार्दिक बधाई। योग्य, अध्ययनशील र विवेकी नेतृत्वप्रतिको सम्मान !!

Address

Jackson, MS
44600

Alerts

Be the first to know and let us send you an email when हत्कडी समाचार .कम posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share