24/04/2026
चलचित्र विकास बोर्डअन्तर्गत सञ्चालित चलचित्रकर्मी कल्याणकारी कोषबाट अस्वस्थ रहनुभएका तथा उपचार/स्वास्थ्यसम्बन्धी कठिनाइ सामना गरिरहनुभएका चलचित्रकर्मीहरूलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ।
नेपाली चलचित्र क्षेत्रमा आ–आफ्नो विधाबाट महत्वपूर्ण योगदान पुर्याउनुभएका चलचित्रकर्मीहरूको स्वास्थ्य, सम्मान र कठिन समयमा साथ दिने उद्देश्यसहित आज निम्न चलचित्रकर्मी तथा परिवारलाई सहयोग रकम प्रदान गरिएको हो।
सहयोग प्राप्त चलचित्रकर्मीहरूः
रोमा बिष्ट — कलाकार
क्षितिजा शाक्य — कलाकार
फडेन्द्र बहादुर विश्वकर्मा — द्वन्द्व कलाकार
पासाङ तेम्बा शेर्पा — निर्देशक
शान्तिप्रसाद उपाध्याय — चलचित्र पत्रकार
प्रवीण थापा — निर्माता
स्व. अशोक रोक्का — वरिष्ठ श्रृंगारकर्मी
हस्तान्तरणमा चलचित्र विकास बोर्डका अध्यक्ष श्री दिनेश डी.सी., चलचित्रकर्मी कल्याण कोषका संयोजक श्री बसुन्धरा भुसाल, तथा कोषका सदस्यहरू श्री मोहन निरौला, श्री नारायण प्रधान, श्री जनकदीप पराजुली र श्री पुष्कर लामाको उपस्थिति रहेको थियो।
चलचित्र विकास बोर्ड नेपाली चलचित्र क्षेत्रका स्रष्टा, कलाकार, प्राविधिक, पत्रकार तथा समग्र चलचित्रकर्मीहरूको सम्मान, सुरक्षा र कल्याणप्रति सदैव प्रतिबद्ध छ।
नेपाली चलचित्र उद्योगमा योगदान दिनुभएका सम्पूर्ण चलचित्रकर्मीप्रति हार्दिक सम्मान, शीघ्र स्वास्थ्यलाभको शुभकामना तथा दिवंगत चलचित्रकर्मीप्रति श्रद्धासुमन।
#चलचित्रविकासबोर्ड #चलचित्रकर्मीकल्याणकोष #नेपालीचलचित्र